News प्रथम जय हुमागाईं स्मृति गोल्डकप पुष पहिलो सातादेखि
रमेश समदर्शी

दमक । व्यस्त बन्दै गएको झापामा आउँदो पुष ६ देखि १३ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण जय हुमागाईं स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

स्व. जय हुमागाईं एण्ड फेमिली ट्रष्ट, अमेरिकाको आयोजना तथा भुटानिज युथ क्लब (बीवाईसी) झापाको समन्वयमा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

भुटानिज युथ स्पोर्टस क्लब, मिनेसाटा, अमेरिकाको विशेष सहयोग रहने प्रतियोगिता आयोजनाका लागि झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगिताको सह–संयोजकको जिम्मा क्याम्प म्यानेजमेण्ट बेलडाँगीले गर्नेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments