जामुनखाडी । झापाको कनकाई २ स्थित जामुनखाडी सिमसार क्षेत्रभित्र रहेको प्रस्तावित जामुनखाडी प्राकृतिक पर्यटकिय खेलमैंदानमा पुष २ गतेबाट १ नम्बर प्रदेश स्तरिय हर्क राई स्मृति कप नकआउट फुटबल प्रतियोगिा हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी सबै पूरा भईसकेको आयोजक जामुनखाडी स्पोर्टिङ क्लबका अध्यक्ष गणेश गिरीले जानकारी दिए । उनका अनुसार जामुनखाडी सिमसार क्षेत्रमा निमार्णाधिन अवस्थामा रहेको प्राकृतिक खेलमैंदानको औपचारिक उद्धघाटन पनि प्रतियोगिता उद्घाटन कै दिन गरिने बताए । साथै उनले खेलमैंदानलाई सञ्चालनमा ल्याएर सिमसार पर्यटकिय क्षेत्रमा खेलप्रेमी पर्यटक आकर्षण गर्नु पनि आफूहरुको उद्देश्य र आयोजकको जिम्मेवारी रहेको बताए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरी गरि प्रदेश नम्बर १ कुल आठ टोलीहरुको सहभागिता रहनेछ । आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा आयोजक जामनुखाडी स्र्पोटिङ क्लब र उर्लाबारी एफसी भिड्ने छन् । फाइनल खेल पुष ९ गतेका दिन हुनेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख २४ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बतायो । जामुनावारी सामुदायिक वन उपभोक्ता समूह, कनकाई २, झापाको पनि सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक