News फिफा क्लब विश्वकपमा अब ३२ टिम
गोलनेपाल

काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२५ देखि फिफा क्लब विश्वकपमा सहभागिता जनाउने टोलीहरुको संख्या ३२ हुने बताएका छन् । कतारमा सम्पन्न फिफा काउन्सी मिटिङमा बोल्दै इन्फान्टिनोले सो कुराको घोषणा गरेका हुन् ।

त्यस्तै अध्यक्ष इन्फान्टिनोले सन् २०२३ १ देखि ११ फेब्रुअरीसम्म हुने क्लब विश्वकपको १९औं संस्करण मोरक्कोमा हुने जानकारी दिए । मोरक्कोले क्लब विश्वकपको आयोजना अधिकार पाएको यो तेस्रोपटक यसअघि मोरक्कोले सन् २०१३ र २०१४ मा पनि क्लब विश्वकपको आयोजना गरेको थियो ।

त्यसपछि क्रमशः जापान, युएई र कतारले कलब विश्वकपको आयोजना गरेका थिए । प्रतियोगितामा ६ महादेशका ६ टोलीहरुको सहभागिता रहनेछ ।

त्यस्तै फिफाले महिला फुटबलमा पनि क्लब विश्वकपको आयोजना गर्ने योजना रहेको बताएको छ । साथै फरक महादेशका देशहरुबीच वल्र्ड सिरिजको पनि आयोजना हुने योजनामा फिफा रहेको अध्यक्ष इन्फान्टिनोले बताएका छन् ।

Post Comments