News प्रशिक्षक गुरुङलाई महिला यु–२० फुटबल टोलीको जिम्मेवारी
गोलनेपाल

काठमाडौं । बंगलादेशको ढाकामा आउँदो फेब्रुअरी पहिलो सातादेखि शुरु हुन गईरहेको साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको मुख्य प्रशिक्षकमा यम गुरुङ भएका छन् । नेपालका विभिन्न उमेर समूहका टोलीहरुको प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका प्रशिक्षक गुरुङ अनुभवी प्रशिक्षक मध्ये एक मानिन्छन् ।

त्यस्तै नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देश श्रेष्ठ नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा श्रीकृष्ण बैद्य नियुक्त भएका छन् । त्यसैगरी टिम म्यानेजरमा इन्दु दुवाल रहेकी छिन् ।

स्मरण रहोस, आउँदो फेब्रुअरी ३ देखि ९ तारीखसम्म ढाकामा हुन गईरहेको च्याम्पियनसिपमा दक्षिण एसियाका चार टोलीहरु सहभागि छन् । जसमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा पुग्ने छन् ।

Post Comments