News जापानमा सन्तोष स्मृति फुटसल हुँदै
गोलनेपाल

काठमाडौं । योकाइची फ्रेण्डशीप क्लब, जापानको आयोजनामा आउँदो डिसेम्बर २४ तारीखका दिन सन्तोष स्मृति फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको खेल संयोजक जितेन गुरुङले जानकारी दिए ।

जापानमा रहेका नेपाली समुदायहरुबीच हुन गईरहेको एक दिने प्रतियोगिताको विजेताले उपाधिसहित ५,११,१११ जापानीज येन हात पार्नेछ भने उपविजेताले २,२२,२२२ जापानी येन प्राप्त गर्ने आयोजक कै बिपल थापाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments