News सर्वोत्कृष्ट खेलाडी बने मेसी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आइतबार अबेर राती कतारमा सम्पन्न प्रतिष्ठित फिफा विश्वकपमा अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेसी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । करिब चार दशकको अन्तरालमा अर्जेन्टिनालाई ऐतिहासिक विश्वकपको उपाधि जिताएका ३५ वर्षिय मेसीको प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन रह्यो ।

समूह चरणदेखि फाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै कुल ७ गोल गरेका मेसी सर्वोत्कृष्ट खेलाडीको बलियो हकदार दिए । र अन्ततः मेसी नै सो अवार्डबाट पुरस्कृत भए । त्यस्तै गोल्डेन ग्लोव्स अवार्ड पनि अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले हात पारे भने गोल्डेन बल अवार्ड कुल ८ गोल गरेका फ्रान्सका काइलन एम्बाप्पेले हात पारे े।

त्यस्तै प्रतियोगिता कै उत्कृष्ट युवा खेलाडीको अवार्ड पनि अर्जेन्टिना कै पोल्टामा गर्यो । यो अवार्ड अर्जेन्टिनाका २१ वर्षिय युवा मिडफिल्डर एन्जो फर्नान्डेजले हात पारे ।

Post Comments