
हेटौडा । नेपाल पुलिस स्कुल सांगाको आयोजनामा गत मंसिर २१ गते देखि जारी २८ औं अन्तर विद्यालय आईजीपि कप फुटबल रनिङ ट्रफिमा ल्याबरोटरी स्कुल तृतिय हुन सफल भएको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस स्कुल टिम बि लाई १–० गोल अन्तरले पराजित गरी तृतिय हुन सफल भएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा ल्याबरोटरी स्कुलले नेपाल पुलिस स्कुल (बि) लाई अधिकांस समय दबाबमा राखेको थियो रबिन तामाङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
खेलमा उत्कृष्ट प्रर्दशन गर्दै खेलको अन्तिम समयमा नेपाल पुलिस स्कुलले पाएको पेनाल्टी समेत बचाएका ल्याबरोटरी स्कुलका गोलरक्षक बिशेष बानियाँ म्यान अफ द म्याच समेत हुन सफल भए । यसैगरी लिगको पहिलो खेलमा ब्यहरेको हारको बदला समेत ल्याबरोटरी स्कुलले लिन सफल भएको छ ।
जितपछि आफुले टिम सम्हालेको पहिलो प्रतियोगितामा तृतिय हुदाँ आफुलाई खुसि लागेको र आगामी दिनमा केटाहरुको कमि कमजारी सुधारेर अझ राम्रो टिम बनाउने ल्याबरोटरी स्कुलका प्रशिक्षक राकेश तामाङले बताए ।
प्रतियोगिताको फाइनल खेल नेपाल पुलिस स्कुल धरान र लिटिल एन्जल स्कुलको बिचमा शुक्रबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा विद्यालयको खेल मैदानमा हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा