News
एपिएफ पकली फाइनलमा

कनकाई । एपिएफ पकली यहाँ जारी हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कनकाई–२ स्थित प्राकृतिक रंगशालामा भएको सेमिफाइनल भिडन्तमा एपिएफले उर्लाबारी एफसीलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा पराजित उर्लाबारीका रोज बोहरा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत पौष ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल जलथल एफसी र पथरी एफसीबीच हुने आयोजकले जानकारी दियो ।
जामुनखाडी स्र्पोटिङ क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष ९ गतेका दिन हुनेछ ।
Post Comments