काठमाडौं । नेपालको सफल र चर्चित क्लब मध्ये एक मनाङ मस्र्याङ्दी क्लबले धरान एफसी, सुनसरलाई यहि पौष १४ देखि शुरु हुन गईरहेको २२औं आहा! रारा पोखरा गोल्डकपमा सहभागि हुन नदिन एन्फालाई पत्राचार गरेको छ ।
पत्रमा उल्लेख भएअनुसार २०७६ फागुन १० देखि १७ गतेसम्म धरानमा सम्पन्न २२औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता मनाङले जितेको थियो । यद्यपि उपाधि जितेवापत पाउनुपर्ने पुरस्कार रकम ७ लाख आयोजकले अझैसम्म मनाङलाई उपलब्ध नगराएको पत्रमा उल्लेख छ ।
धरान एफसीको आयोजनामा हुँदै आएको बुढासुब्बा गोल्डकपको २२औं संस्करण जितेवापत पाउनुपर्ने पुरस्कार रकम अहिलेसम्म पनि नपाएपछि मनाङले पुरस्कार रकम नपाउँदासम्म यहि पौष १४ देखि २३ गतेसम्म पोखरामा हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकपमा धरानलाई सहभागि हुन नदिन पत्राचार गरेको हो ।
स्मरण रहोस, सहारा क्लब, पोखराको आयोजनामा हुन गईरहेको पोखरा गोल्डकपको खेलतालिका पनि सार्वजनिक भईसकेको छ । साथै धरानले प्रतियोगिताको उद्घाटन खेल मै आयोजक सहारा क्लबसँग खेल्ने कार्यक्रम छ । त्यस्तै प्रतियोगितामा मनाङको पनि सहभागिता छ । मनाङले पौष १९ गतेका दिन भुटानिज युथ स्पोर्टस क्लब, अमेरिकासँग खेल्नेछ ।

- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि