
काठमाडौं । नेपाली फुटबल र पर्यटनको पवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल आउन लागेको स्पेनिस क्लब सिपी काथेरेन्योले खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि गण्डकी–११ र काठमाडौं–११ को फाइनल स्क्वाड पनि तयार भएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना, व्यवस्थापन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सरकारसँगको समन्वयमा हुन गईरहेको दुई मैत्रीपूर्ण खेल अन्तरगत काथेरेन्योले पौष १३ गतेका दिन पोखरा रंगशालामा गण्डकी–११ सँग खेल्नेछ । त्यस्तै पौष १४ गतेका दिन दशरथ रंगशालामा काठमाडौं–११ सँग खेल्नेछ ।
गण्डकी–११ को कप्तानी पूर्व अन्तर्राष्ट्रिय फरवार्ड तथा कप्तान अनिल गुरुङले गर्नेछन् भने प्रशिक्षकमा राजेन्द्र तामाङ रहनेछन् । त्यस्तै काठमाडौं–११ को कप्तानी पूर्व अन्तर्राष्ट्रिय कप्तान बिराज महर्जनले गर्नेछन् भने प्रशिक्षकमा मेघराज केसी रहने तय भईसकेको छ ।
यस्तो छ गण्डकी–११ स्क्वाडः
अनिल गुरुङ (कप्तान), दिप कार्की, राजाबाबु थापा, मन बहादुर तामाङ, आशिष गुरुङ, सुवास गुरुङ, कमल थापा, सुमित श्रेष्ठ, जीवन गुरुङ, जय गुरुङ, सरोज योन्जन, दिपेश आले मगर, बिजय श्रेष्ठ, सन्त बहादुर गुरुङ, बिसन गुरुङ, रणदिप पौडेल, रोशन राना मगर, लक्ष्मण रुचाल
काठमाडौं–११ स्क्वाडः
बिराज महर्जन (कप्तान), बिकेश कुथु, बिशाल श्रेष्ठ, तेज तामाङ, सुरज जिउ ठकुरी, प्रशान्त लक्षम लिम्बु, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, आयुष घलान, प्रशान्त अवस्थी, सुजल श्रेष्ठ, युद्ध शाही, बिमल घर्ती मगर, सरोज दाहाल, नवयुग श्रेष्ठ, निराजन महर्जन, भरत खवास, जर्ज प्रिन्स कार्की, बिकास खवास, बिकास तामाङ, निरज चौधरी
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा