News कतारमा मेसी बसेको कोठा मिनी म्युजियम बन्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्जेन्टिनाले कतारमा सम्पन्न प्रतिष्ठित फिफा विश्वकपको उपाधि जितेको महिना दिन पूरा हुने तरखरमा रहे पनि त्यहाँको अर्जेन्टिनी फुटबल माहोल भने अझै हटेको छैन ।

डिसेम्बर १८ तारीखका दिन भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रोपटक उपाधि जित्दा टोलीका सुपरस्टार कप्तान तथा फरवार्ड लियोनल मेसीको योगदान पनि महत्वपूर्ण थियो । मेसी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

मेसी र उनको टोलीले कतारमा बिताएको हरेक पललाई कतारवासीहरुले बिर्सन सकेका छैनन् । मेसी र टिम अर्जेन्टिनाको त्यहि अविस्मरणीय क्षणलाई कतार युनिभर्सिटीले थप अविस्मरणीय बनाउने तयारीमा जुटेको छ ।

राजधानी दोहामा रहेको देशकै प्रतिष्ठित कतार युनिभर्सिटीले मेसी बसेको कोठालाई मिनी म्युजियम बनाउने घोषणा गरेको छ । स्मरण रहोस, कतार बसाईका क्रममा मेसीसहित टिम अर्जेन्टिनाले कतार युनिभर्सिटीलाई प्रतियोगिता अवधिभर आफ्नो घरेलु अभ्यास मैदानका रुपमा प्रयोग गरेका थिए ।

मिनी म्युजियम बनाएपछि कतारसँगै मेसी र अर्जेन्टिनाको त्यो ऐतिहासिक क्षण सदाका लागि धेरै कतारवासीहरुको मानसपटलमा ताजै रहने विश्वास गरिएको छ ।

Post Comments