
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगमा सहभागि क्लबहरुबीच आउँदो फागुन १९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग गर्ने सहमति बनेको छ । बिहीबार एन्फा कम्प्लेक्समा बसेको दुवै पक्षका प्रतिनिधीहरु उपस्थित बैठकले सो कुराको निर्णय गरेको हो ।
लिग आयोजनाबारे गत साता पनि दुवै पक्षबीच बैठक बसेको थियो । यद्यपि त्यो बैठकमा ठोस निर्णय नभई अर्को बैठक बस्ने सल्लाह भएको थियो । बिहीबार बसेको बैठकले लिग डबल राउण्ड रोबिन मै हुने पनि पक्का गरेको छ । यद्यपि लिगका खेलहरु उपत्यका बाहिर हुने नहुनेबारे भने खुलाइएको छैन ।
यसअघि एन्फाले सम्बन्धित क्लबहरुलाई दिने तयारी रकम लगायतको आवश्यक खर्च उपलब्ध गराउने घोषणा गरे पनि कार्यान्वयन नगरेपछि क्लबहरुले निर्धारित मिति मै लिग नहुने घोषणा गरेका थिए । स्मरण रहोस, यसअघि एन्फाले यहि पौष २६ गतेदेखि लिग आयोजना गर्ने मिति तोकेको थियो ।
लिगको मिति सर्दा चौतर्फी आलोचना पनि भएको थियो । नेपाली फुटबलको मेरुदण्ड मानिएको शिर्ष लिग पनि अनिश्चित बनेपछि धेरैजसो खेलाडीहरु बिदेश पलायन पनि भइसकेका छन् । र यो क्रम जारी पनि छ । यो अवस्थामा सम्बन्धित पक्ष र क्लबहरुले यसबारे गम्भिर भएर अगाडी बढ्नुपर्ने धेरैको बुझाई छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै