News
मनाङबाट पुजन पनि अलग
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटीले पनि घरेलु फुटबलको सफलतम र चर्चित क्लब मनाङ मस्र्याङ क्लबबाट अलग भएको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको घोषणा गरेका हुन् ।
“भगवानलाई नै थाहा होला अब हाम्रो भेट फेरि कहिले हुनेछ? मलाई यहाँसम्म पुर्याउने र राम्रो फुटबलर बनाउने क्लबबाट म विदा लिंदैछु । ती सम्झनाहरु, पाठहरु र क्षणहरुका लागि म सधै आभारी छु ।” पुजनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
करिब पाँच वर्ष मनाङमा बिताउने क्रममा पुजनले शिर्ष लिगसहित घरेलु फुटबलका अधिकांश सबैजसो मुख्य प्रतियोगिताहरुमा खेलेर उपाधिहरु समेत जितेका थिए ।
स्मरणीय छ, केही दिन अघि मात्र नेपालका अर्का चर्चित फरवार्ड अन्जन बिष्टले मनाङ छाडेका थिए । साथै, अन्जन नयाँ सिजनका लागि चर्च ब्वाईज युनाइटेड एफसीमा आवद्ध पनि भईसकेका छन् ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि