News
मनाङबाट पुजन पनि अलग
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटीले पनि घरेलु फुटबलको सफलतम र चर्चित क्लब मनाङ मस्र्याङ क्लबबाट अलग भएको घोषणा गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको घोषणा गरेका हुन् ।
“भगवानलाई नै थाहा होला अब हाम्रो भेट फेरि कहिले हुनेछ? मलाई यहाँसम्म पुर्याउने र राम्रो फुटबलर बनाउने क्लबबाट म विदा लिंदैछु । ती सम्झनाहरु, पाठहरु र क्षणहरुका लागि म सधै आभारी छु ।” पुजनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
करिब पाँच वर्ष मनाङमा बिताउने क्रममा पुजनले शिर्ष लिगसहित घरेलु फुटबलका अधिकांश सबैजसो मुख्य प्रतियोगिताहरुमा खेलेर उपाधिहरु समेत जितेका थिए ।
स्मरणीय छ, केही दिन अघि मात्र नेपालका अर्का चर्चित फरवार्ड अन्जन बिष्टले मनाङ छाडेका थिए । साथै, अन्जन नयाँ सिजनका लागि चर्च ब्वाईज युनाइटेड एफसीमा आवद्ध पनि भईसकेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै