News सामना र नखिपोट त्रिवेणी कपको क्वाटरफाइनलमा
गोलनेपाल

बेसीशहर । लमजुङ जिल्ला कै प्रतिष्ठित यहाँ जारी ३०औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितातर्फ सामना युवा क्लब र नखिपोट युवा क्लबले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार त्रिवेणी रंगशालामा भएको खेलमा सामनाले सुन्दरबजार युथ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । सामनाको जितमा सुदिप गुरुङ र पासाङले एक–एक गोल गरे ।

अर्को खेलमा नखिपोटले गोर्खा ब्वाईजलाई समान २–० ले हरायो । नखिपोटका लागि अजित लामा र प्रकाश पुनले गोल गरे । शनिबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुने आयोजक क्लबका इन्द्र रानाले जानकारी दिए ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष बिनोद गुरुङले बताए । फाइनल खेल पौष १९ गतेका दिन हुनेछ ।

Post Comments