News इजरायलमा न्यु ईयर कप हुँदै (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । हाईफा टाईगर फुटबल क्लब, इजरायलको आयोजनामा यही जनवरी १३ तारीखका दिन न्यु इयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नयाँ वर्ष २०२३ को उपलक्ष्यमा हुन गईरहेको प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

यसैबीच आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । इजरायलमा रहेका नेपाली समुदायहरुबीच हुन गईरहेको प्रतियोगितामा कुल सात टोलीहरुले सहभागिता जनाउनेछन् ।

वल्फसन खेलमैदानमा हुने एक दिने प्रतियोगितामा विजेता तथा उपविजेता टोली तथा खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments