News माघ पहिलो सातादेखि जराङ कप
गोलनेपाल

बारपाक । जनप्रेमी युवा क्लब, बारपाक सुलिकोट–८, जराङ, गोरखाको आयोजनामा आउँदो माघ १ देखि ५ गतेसम्म जराङ कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

बारपाक सुलिकोट – ८, जराङ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजक क्लबका अध्यक्ष किसान गुरुङलृ बताए । साथै टिमदर्ता गर्ने अन्तिम मिति यहि पौष ३० गतेसम्म रहेको पनि अध्यक्ष गुरुङले जानकारी दिए । साथै टिमदर्ता शुल्क ८५०० र डिपोजिट रकम १५०० बुझाउनु पर्ने पनि उनले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव मेख गुरुङले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि नगद २ हजार र ट्रफी पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

Post Comments