News माघ पहिलो सातादेखि माडी गोल्डकप
गोलनेपाल

चितवन । बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार, चितवनको आयोजनामा आउँदो माघ ७ देखि १४ गतेसम्म २४औं माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।

साइड नेपाल, बसन्तपुर युथ क्लब र बसन्तपुर बजार व्यवस्थापन समितिको सह–आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विद्यागततर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

माडी गाउँपालिका, चितवन मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको प्रवद्र्धकहरुमा चितवन जिल्ला फुटबल संघ, माडी नगरपालिका वार्ड नम्बर ३ को कार्यालय तथा नगर खेलकुद विकास समिति रहेका छन् ।

Post Comments