News युएईः दोस्रो एनएसएसजी कप हुँदै
गोलनेपाल

काठमाडौं । युएमा रहेका आप्रवासी नेपालीहरुको समूह नेपालीज सोसल एण्ड स्पोर्टस ग्रुप, रक, युएईले आगामी फेब्रुअरी ४ तारीखका दिन दोस्रो एनएसएसजी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी र टिमदर्ता कार्य पनि शुरु गरिएको आयोजकका भरत गौतमले बताए । टिमदर्ता गर्ने अन्तिम मिति जनवरी २५ तारीखसम्म तोकिएको छ । साथै टिमदर्ता शुल्क ११११ दिराम रहेको आयोजक कै अर्का सदस्य जीवन सिग्देलले जानकारी दिए ।

प्रतियोगितामा युएईमा रहेका नेपाली समुदायहरुको करिब १८ टोलीहरुको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५५ दिराम हात पार्नेछ भने उपविजेताले ३,३३३ दिराम प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments