News प्रथम लक्ष्मी कप यु–१५ फुटबल प्रतियोगिता माघ ६ देखि
गोलनेपाल

गोरखा । लक्ष्मीबजार स्पोर्टस क्लब, गोरखाको आयोजनामा आउँदो माघ ६ देखि ८ गतेसम्म प्रथम लक्ष्मी कप यु–१५ सेभेन ए साईड फुटबल आयोजना हुने भएको छ ।

युवा खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्न तथा ग्रासरुट लेभलबाटै जिल्लामा फुटबलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दियो । लक्ष्मीबजार, गोरखा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १२ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments