News मेसुके र स्टेफन खुमलटारमा अनुवन्धित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको अर्को नवप्रवेशी टोली खुमलटार युथ क्लबले पनि लिगको नयाँ सिजनको लागि आफ्नो तयारीलाई तीव्रता दिएको छ ।

बी डिभिजन लिगको दोस्रो स्थानमा रहेर चर्च ब्वाईजसँगै शिर्ष डिभिजनमा बढुवा भएको खुमलटारले लिगको तयारी स्वरुप दुई विदेशी खेलाडी मेसुके ओलुमु र स्टेफन बिनङलाई अनुबन्ध गरेको छ ।

यी दुवै खेलाडीले पछिल्लो सिजन न्युरोडटिम (एनआरटी) का लागि खेलेका थिए । र अहिले पोखरामा जारी प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकपमा संकटाका लागि खेलिरहेका छन् । यी दुवै खेलाडीको उत्कृष्ट प्रदर्शनमा संकटा प्रतियोगिताको फाइनलमा समेत प्रवेश गरिसकेको छ । साथै संकटाले शनिबार अमेरिटी टोली बीवाइएससीसँग फाइनल खेल्दैछ ।

त्यस्तै खुमलटारले अनुभवी प्रशिक्षक याम प्रसाद गुरुङलाई नयाँ सिजनका लागि आफ्नो मूख्य प्रशिक्षकमा नियुक्त गरेको छ । प्रशिक्षक गुरुङ हाल नेपालको यु–२० महिला फुटबल टोलीको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्मरण रहोस, नेपालले बंगलादेशमा हुन गईरहेको साफ यु–२० महिला च्याम्पियनसिप खेल्दैछ । सो प्रतियोगितापछि प्रशिक्षक गुरुङले खुमलटारको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने छन् ।

Post Comments