News
पारोलाई तेस्रोपटक भुटान प्रिमियर लिगको उपाधि
काठमाडौं । भुटानको शिर्ष लिग भुटान प्रिमियर लिगको उपाधि लगातार दोसूोपटक पारो फुटबल क्लबले जितेको छ । पारोको यो समग्रमा तेस्रो लिग उपाधि समेत हो ।
क्लबले यसअघि सन् २०१९ मा पहिलोपटक लिग उपाधि जितेको थियो । यो उपाधिसहित भुटान प्रिमियर लिगको उपाधि सर्वाधिकपटक जित्ने पारो पहिलो क्लब पनि बनेको छ ।
पारोले सिजनको अन्तिम खेलमा दोस्रो स्थानको टोली थिम्पु सिटी एफसीलाई २–१ ले हराउँदै सिजनको समापन सुखद रुपमा गर्यो । १८ खेलबाट ४८ अंक जोडेको पारो शिर्ष स्थानमा रहेर च्याम्पियन । त्यस्तै ४३ अंक जोडेको थिम्पु सिटी दोस्रो स्थानमा रहेर लिगको समापन गर्यो ।
लिग अवधभिर कुल ३४ गोल गरेका पारो एफसीका जापानिज स्ट्राइकर काजुओ होन्मा सर्वोत्कृष्ट खेलाडी चुनिए । लिग च्याम्पियन भुटानले अब प्रतिष्ठित एएफसी कपमा भुटानको प्रतिनिधित्व गर्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल