News नक्सलबारी फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने
गोलनेपाल

बेलबारी । नक्सलबारी फुटबल क्लब यहाँ जारी तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नक्सलबारीले एपिएफ, पकलीलाई २–० ले हराउँदै फाइनलमा केराबारी एफसीसँगको भेट पक्का गरेको हो ।

नक्सलबारीको जितमा बिबेक राई नायक बने । टोलीका लागि दुवै गोल बिबेक राईको नाममा रह्यो । उनले पहिलो गोल ४८औं मिनटमा पेनाल्टीबाट गरे भने ५३औं मिनटमा दोस्रो गोल थपेका थिए । राई नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

फाइनल खेल माघ १ गते आइतबार नक्सलबारी एफसी र केराबारी एफसीबीच हुने आयोजकले जानकारी दियो । नेपाल मगर संघ, बेलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार ५ सय प्राप्त गर्नेछ ।

 

Post Comments