News २३औं गोधुली रनिङ्ग कप शुरु, धरान ५ को विजयी शुरुवात
गोलनेपाल

धरान । गोधुली क्लब, धरानको आयोजनामा शुरु सुनसरी जिल्ला कै पुरानो मध्ये एक २३औं गोधुली कप वार्डस्तरीय फुटबल प्रतियोगितामा धरान ५ विजयी शुरुवात गरेको छ ।

धरान रंगशालामा भएको उद्घाटन खेलमा धरान ५ ले धरान १३ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । धरान ५ का लागि दुवै गोल साजन लिम्बुले गरे । लिम्बु नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तरगत माघ १ गतेको खेल वार्ड नम्बर २ र वार्ड नम्बर १३ बीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी धरान उप–महानगरपालिका वार्ड नम्बर १ का अध्यक्ष सुर्य बहादुर भट्टराईले गरेका थिए ।

आउँदो माघ १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा धरान उपमहानगरपालिकाका कुल २० वार्ड टोलीहरुको सहभागिता रहेको छ ।

Post Comments