News फोकस–१६ र सिद्धार्थ युवा समाज सेमिफाइनलमा
जनम बराल

चैनपुर । यहाँ जारी तेस्रो मिनी खेलकुद महोत्सवतर्फ स्व. सुर्य बहादुर सोम्याहाङ्ग स्मृति खुला फुटबल प्रतियोगितामा आ–आफ्नो खेलमा जित हात पार्दै फोकस–१६ क्लब, धरान र सिद्धार्थ युवा समाज, मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा फोकस–१६ ले माने भञ्ज्याङ्ग फुटबल क्लबलाई ३–१ ले हरायो । त्यस्तै अर्को क्वाटरफाइनलमा सिद्धार्थ युवा समाजले सितलपाटी फुटबल क्लबलाई टाईब्रेकरमा ३–१ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

श्री किरण ज्योति क्लब, चैनपुर–१०, खराङ्ग खाल्टे, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ५ गतेका दिन हुनेछ ।

Post Comments