News शान्ति मिसनतर्फ जर्ज प्रिन्स कार्की
गोलनेपाल


काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की शान्ति मिसनका लागि सोमबार लेबनानतर्फ प्रस्थान गरेका छन् । सेनामा कार्यरत कार्कीले एक वर्ष मिशनमा बिताउने क्लबले जनाएको छ ।

राष्ट्रिय फुटबल टोलीका महत्वपुर्ण सदस्य समेत रहेका कार्कीले पाँच वर्ष अघि पहिलोपटक राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका थिए । गत संस्करणको शहिद स्मारक ए डिभिजन लिगमा आर्मीले दोस्रो स्थान हासिल गर्दा कार्की पनि टोलीका महत्वपूर्ण सदस्य थिए ।

शान्ति मिसनबाट फर्किए लगतै उनी सक्रिय फुटबललाई फेरि निरन्तरता दिने क्लबले जनाएको छ । स्मरण रहोस, आर्मी कै महिला फुटबल टोलीका सदस्यहरु दिपा राई, पुनम जर्घा मगर र सपना लामा पनि शान्ति मिसनका लागि गत महिना अफ्रिकातर्फ प्रस्थान गरेका थिए ।

Post Comments