News वार्ड नम्बर ३ इलाम नगर कपको सेमिफाइनलमा
गोलनेपाल

इलाम । उत्कृष्ट जितका साथ वार्ड नम्बर ३ यहाँ जारी इलाम नगर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टुंडिखेल मैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर ८ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

खेलमा वार्ड नम्बर ३ ले तीनै गोल दोस्रो हाफमा गरेको थियो । ४९औं मिनटमा बिक्रम तामाङले वार्ड नम्बर ३ का लागि पहिलो गोल गरे । ५४ र ५६औं मिनटमा मिङ्मा गुरुङ्गले लगातार दुई गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा दुई गोल गरेका वार्ड नम्बर ३ का मिङमा गुरुङ्ग नै म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ ३ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल वार्ड नम्बर १० र ५ बीच हुने आयोजकले जानकारी दियो ।

नगर खेलकुद विकास समिति इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि माघ ७ गतेका दिन हुनेछ ।

Post Comments