News २३औं गोधुली कपः धरान ५ र धरान १४ क्वाटरफाइनलमा
गोलनेपाल

धरान । धरान ५ र धरान १४ आ–आफ्नो खेलमा जित हात पार्दै यहाँ जारी टुबोर्ग २३औं गोधुली कप रानिङ शिल्ड वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

धरान रंगशालामा भएको पहिलो प्रिक्वाटरफाइनलमा धरान ५ ले धरान ३ लाई ३–१ ले हरायो । धरान ५ को जितमा तिल बिक्रम लावतीले दुई गोल गरे भने आङ्ग छोहाङ्ग लिम्बुले थप एक गोल गरे ।

उता पराजित धरान ३ का लागि पारस राईले एक मात्र गोल फर्काए । खेलमा धरान ५ का तिल विक्रम लावती म्यान अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद १५ सय र ट्रफी हात पारे ।

त्यस्तै दिनको दोस्रो खेलमा धरान १४ ले धरान ६ माथि २–१ को जित निकाल्यो । धरान ६ का लागि साजन राई र सौगात गुरुङले गोल गरे । उता पराजित धरान ६ का लागि नितेश परियारले गोल फर्काएका थिए । खेलमा धरान १६ का विपीन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत माघ ५ गते बिहीबारको पहिलो खेल धरान ४ र धरान ११ बीच हुनेछ भने दोस्रो खेल धरान ७ र धरान १७ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १४ गतेका दिन हुनेछ ।

Post Comments