News शुकराज चम्किदा वार्ड नम्बर ३ इलाम नगर कपको फाइनलमा
गोलनेपाल

इलाम । वार्ड नम्बर ३ रोमाञ्चक जितका साथ यहाँ जारी इलाम नगर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टुंडिखेल मैदानमा भएको सेमिफाइनल खेलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर ९ लाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको आठौं मिनटमा हरि सिटौलाको गोलबाट वार्ड नम्बर ९ ले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा निराश बन्न पुग्यो ।

उता ५३औं मिनटमा शुकराज राईले वार्ड नम्बर ३ का लागि बराबरी गोल फर्काए । लगतै ६४औं मिनटमा शुकराजले नै दोस्रो गोल थप्दै वार्ड नम्बर ३ लाई रोमाञ्चक जित दिलाए र फाइनलमा पुर्याए । खेलमा शुकराज नै म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत माघ ५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ७ र वार्ड नम्बर ५ बीच हुने आयोजकले जानकारी दियो ।

इलाम नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ७ गतेका दिन हुनेछ ।

Post Comments