बागमती । बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा यहि माघ २५ देखि फागुन ६ गतेसम्म सातौं राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको प्रतियोगिताको आवश्यक तयारीलाई तिव्र पारिएको आयोजकले जानकारी दियो ।
बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजारसहित ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी सर्लाही जिल्ला कै एक सर्वोत्कृष्ट खेलाडीलाई हरेक वर्ष झैं यसपटक पनि मोटरसाइकल पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
मधेश प्रदेश कै प्रतिष्ठाका रुपमा रहेको प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न