News गजेन्द्र इस्वो स्मृति रनिङ्ग कप पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने
गोलनेपाल

आठराई । आठराई गाउँपालिका वार्ड नम्बर २ को कार्यालयको आयोजनामा यहि माघ १६ देखि २३ गतेसम्म गजेन्द्र इस्वो स्मृति रनिङ्ग कप पुरुष तथा महिला खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

आठराई गाउँपालिका–२, खाम्लालुङ, तेह्रथुम स्थित कालिका आधारभुत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

साथै प्रतियोगितामा सहभागिताका लागि यहि माघ १६ गतेसम्म टिमदर्ता खुला गरिएको छ । पुरुष फुटबलतर्फ टिमदर्ता शुल्क ५ हजार तोकिएको छ भने महिलातर्फ टिमदर्ता शुल्क २५ सय तोकिएको छ ।

गजेन्द्र इस्वो स्मृति परिवारको व् यवस्थानमा हुन गईरहेको प्रतियोगिताको पुरुष फुटबलतर्फ विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले ६० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।

त्यसबाहेक अन्य विभिन्न साँस्कृतिक नृत्य प्रतियोगिता, ब्याडमिण्टन प्रतियोगिता लगायतका कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकले जनाएको छ । साथै ती प्रतियोगिताहरुको विजेताहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजनाले तेह्रथुम जिल्लाका स्थानीय खेलाडी तथा फुटबल खेलको विकास र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आफूहरुले लिएको आठराई गाउँपालिका वार्ड नम्बर २ का अध्यक्ष भिम बहादुर लिम्बुले बताए । उनले प्रतियोगिता तेह्रथुम जिल्ला कै प्रतिष्ठाका रुपमा रहेकोले यसलाई सभ्य र भव्य रुपमा सफल पार्न सबैलाई आह्वान समेत गरे ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

 

Post Comments