बागमती । मधेश प्रदेश कै प्रतिष्ठाका रुपमा रहेको सातौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा भुटानको प्रिमियर लिग च्याम्पियन पारो फुटबल क्लबले पनि सहभागिता जनाउने भएको छ । यो कुराको पुष्टी आयोजक बागमती युवा क्लबले समेत गरेको छ ।
बागमती नगरपालिका–११, सर्लाही स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको पनि टुंगो लागेको छ । यहि माघ २५ देखि फागुन ६ गतेसम्म हुन गईरहेको प्रतियोगितामा स्वदेशी र विदेशी गरी कुल १२ टोलीहरुले सहभागिता जनाउने तय भएको हो ।
सहभागि टोलीहरुमा आयोजक बागमती युवा क्लबसँगै पारो एफसी (भुटान), नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, एपिएफ फुटबल क्लब, जावलाखेल युथ क्लब, सुदुरपश्चिम–११, धरान फुटबल क्लब, पिप्ले युथ क्लब, नव जनजागृति युवा क्लब, संकटा क्लब र चर्च ब्वाईज युनाइटेड एफसी रहेका छन् ।
बागमती नगरपालिका तथा बागमती युवा क्लब, सर्लाहीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न