News सिन्धुलीमा महिला फुटबल प्रतियोगिता जारी
गोलनेपाल

मरिण । सिन्धुली जिल्लामा क्षमतावान महिला फुटबल खेलाडीहरुको पहिचान गरी उनीहरुलाई फुटबलमा राम्रो अवसर प्रदान गर्न वार्डस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

मरिण गाउँपालिकामा जारी फुटबल प्रतियोगिता अन्तरगत पहिलो खेलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर २ (बी) पराजित गर्यो भने अर्को खेलमा वार्ड नम्बर २ (ए) ले वार्ड नम्बर ४ लाई हरायो ।

मरिण गाउँपालिका, मरिण खेलकुद विकास समिति तथा मुंग्रे युनाइटेड क्लब, सिन्धुलीको संयोजन र व्यवस्थानमा भएको प्रतियोगिता आयोजनाको उद्देश्य महिला खेलाडीहरुलाई फुटबलमा लाग्न थप प्रोत्साहन मिलोस भन्ने रहेको आयोजकले बताएको छ ।

Post Comments