News जेठ पहिलो सातादेखि सी डिभिजन लिग हुने पक्का
गोलनेपाल

काठमाडौं । आगामी वर्षको जेठ १ गतेदेखि शहिद स्मारक सी डिभिजन लिग हुने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र सी डिभिजन क्लबका प्रतिनिधिहरुबीच बसेको बैठकले लिगको मिति घोषणा गरेको हो ।

स्मरण रहोस, एन्फाले सी डिभिजन लिगको पुरस्कार राशी भने यसअघि नै घोषणा गरिसकेको छ । यसपटक लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ४ लाख पाउने एन्फाले जनाएको छ ।

त्यस्तै फेयर प्ले टिम र सर्वोत्कृष्ट खेलाडीले जनही ५०–५० हजार पाउनेछ । लिगको अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले भने ३५–३५ हजार पाउने पनि एन्फाले जानकारी दियो ।

एन्फाका अनुसार प्रत्येक खेल जित्ने क्लबहरुले २० हजार प्राप्त गर्नेछन् । यद्यपि खेल बराबरीमा सकिए दुवै टोलीले ७५–७५ सय हात पार्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

एन्फाले लिगको तयारी स्वरुप कुल १४ क्लबहरुलाई जनही ११–११ लाख उपलब्ध गराएको थियो ।

 

Post Comments