News
२८ बिगाहालाई राप्ती गोल्डकपको उपाधि

चितवन । प्रथम राप्ती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उउपाधि २८ बिगाहा फुटबल क्लबले जितेको छ । फाइनलमा केबिए ग्लोबल भरतपुर एफसीलाई हराउँदै २८ बिगाहा च्याम्पियन बनेको हो ।
राप्ती नगरपालिका–१ पिप्ले, चितवन स्थित स्थानीय खेलमैदानमा भएको फाइनल भिडन्तमा २८ बिगाहाले भरतपुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको २८ बिगाहाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता भरतपुरले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
पिप्ले युवा समाज, राप्ती–१, पिप्ले, चितवनको आयोजनामा गत पौष २७ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments