News शानदार जितका साथ शिर्ष स्थानमा किरनको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं । चर्चित भारतीय आई लिगमा व्यस्त नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले आइतबार उत्कृष्ट जित निकाल्दै शिर्ष स्थानमा पकड बनाएको छ ।

कोलकाता स्थित किशोर भारती क्रिरंगन स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले घरेलु टोली मोहम्मदन एससीमाथि ४–० को उत्कृष्ट जित निकाल्यो । पञ्जाबका लागि जुआन मेरा र लुका माजसेनले २–२ गोल गरे ।

गत मंगलबार मात्र श्रीनिदी डेक्कनसँग समान ४–० ले पराजित भएको पञ्जाबले आइतबार हात पारेको जितसँगै शिर्ष स्थानमा आफ्नो पकड बनाएको छ । यो जितपछि १२ खेलबाट २६ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा रहँदा २५ अंकका साथ डेक्कन दोस्रो स्थानमा छ ।

त्यस्तै पञ्जाबसँग पराजित मोहम्मदन भने १३ खेलबाट १६ अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल शुक्रबार बलियो प्रतिद्वन्द्वी रियल काश्मिरसँग खेल्नेछ ।

Post Comments