
धरान । अनुभवी रेफ्री मधुसुदन खनालको अध्यक्षतामा १७ सदस्यीय प्रदेश १ रेफ्री संघ गठन भएको छ । संघको प्रथम अधिवेशनले खनालको नेतृत्वमा प्रदेश १ को तदर्थ समिति रेफ्री संघ गठन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष राई रहेका छन् भने उपाध्यक्षहरुमा संजय श्रेष्ठ र दिपेश लिम्बु रहेका छन् । महिला उपाध्यक्षमा भने उमा श्रेष्ठ रहेकी छिन् । महासचिवमा प्रदिप बस्नेत छन् भने सचिवमा पंकज चौधरी रहेका छन् । कोषाध्यक्षमा भने यसराज राई रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्देश श्रेष्ठ, सुमन खापुङ्ग, सुरेश बुर्जा मगर, बिजय राई, बिक्रम कार्की, दिवाकर पौडल र लोकराज ढुङ्गाना रहेका छन् । त्यस्तै महिला सदस्यतर्फ जमुना आले र सरिता मगर रहेका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश १ फुटबल संघका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एन्फाका प्रवक्ताका सुरेश शाह, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिव बुढाथोकी, पूर्व फिफा रेफ्री किरण गिरी लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।