News चित्लाङ्ग एफसी माडी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

माडी । चित्लाङ्ग फुटबल क्लब, काठमाडौं यहाँ जारी २४औं माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा हेटौडा फुटबल एकेडेमीलाई २–१ ले हराउँदै चित्लाङ्गले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बसन्तपुर बजार स्थित खुला मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चित्लाङ्गका लागि हरि बुढा मगर र सुशान्त तामाङले गोल गरे । उता पराजित हेटौडाका लागि सञ्जिव अर्यालले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए ।

खेलमा चित्लाङ्गका सुशान्त तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ १० गतेको अन्तिम क्वाटरफाइनल खेल सेन्ट्रल कलेज आरएफसी र मेजेस्टिक एफसी, बुर्किनाफासो बीच हुने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १४ गतेका दिन हुनेछ ।

 

Post Comments