News आयोजक रेडियो मकवानपुरलाई फुटसल उपाधि
गोलनेपाल

हेटौंडा । प्रथम रेडियो मकवानपुर कप फुटसल प्रतियोगिताको उपाधी आयोजक रेडियो मकवानपुरले जितेको छ । शनिबार भएको फाइनल खेलमा साझाकुरा दैनिकलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी जितेको हो ।

शनिबार भएको फाइनल खेलमा रेडियो मकवानपुरको तर्फबाट विक्रमकुमार बानियाँले २ र गणेशदर्पण अधिकारीले १ गोल गरेका थिए भने साझाकुराको तर्फबाट सुवास विडारी र भुवन घलानले १–१ गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच साझाकुराका गोलरक्षक भानुभक्त चौलागाईं घोषित भए । उपाधीसँगै रेडियो मकवानपुरले नगद १५ हजार रुपैयाँ हात पार्यो भने उपविजेता सझाकुराले ७ हजार रुपैयाँमा चित्त बुझायो ।

 

Post Comments