News आइ लिगमा अनिताको टोली सेथुको जितको यात्रा जारी
गोलनेपाल

काठमाडौं । नेपालकी राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेतको टोली तथा इण्डियन वुमन लिगको डिफेन्डिङ च्याम्पियन सेथु एफसीले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ ।

लिगतर्फ समूह ए मा रहेको सेथुले आइतबार किकस्टार एफसीलाई ३–० ले हरायो । सेथुका लागि खेलको १२औं मिनटमै सन्ध्याले पहिलो गोल गरिन् । पहिलो हाफ कै ३९औं मिनटमा सुमित्राले त्यो अग्रता दोब्बर पारिन् ।

खेलको अन्तिमतिर सन्ध्याले नै व्यक्तिगत दोस्रो तथा सेथुका लागि तेस्रो गोल गर्दै टोलीको सहज जित पक्का गरिन् । यो जितसँगै ४ खेलबाट ९ अंक जोडेको सेथु समूह ए तर्फ दोस्रो स्थानमा छ । पराजित किकस्टार भने ६ अंकका साथ तेस्रो स्थानमा छ ।

उता आइतबार नै बीबीके डाव एफसीमाथि ४–० को जित निकालेको क्रिप्सा शतप्रतिशत जितका साथ १२ अंक सहित शिर्ष स्थानमा यथावत छ । त्यस्तै पराजित बीबीके डाव एफसी भने १ अंकका साथ समूह ए को पुछारमा छ ।

Post Comments