News साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । बबंगलादेशमा शुक्रबारदेखि शुरु साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले हारका साथ खराब शुरुवात गरेको छ । ढाका सम्पन्न लिगचरणको आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रत्याशी तथा आयोजक बंगलादेशसँग १–३ ले पराजित भएको छ ।

बंगलादेशको जितमा शाहेदा अक्तरले दुई गोल गरिन् । त्यस्तै अक्लिमा खातुनले थप एक गोल गरेकी थिईन् । उता नेपालका लागि मनमाया दमाईले एक मात्र गोल फर्काएका थिईन् ।

नेपालले आफ्नो आगामी खेल आइतबार भुटानसँग खेल्नेछ । भुटानले शुक्रबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतसँग ०–१२ को फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै आइतबार नै हुने अर्को खेलमा भारतले बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसियाका कुल चार टोलीहरु मात्र सहभागि छन् । लिग चरणको खेलहरु पश्चात् शिर्ष दुई स्थानमा रहने टोलीहरु फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ २६ गतेका दिन हुनेछ ।

Post Comments