News दुधौली मेयर कपः वार्ड नम्बर ४ र ८ सेमिफाइनलमा
गोलनेपाल

दुधौली । वार्ड नमबर ४ र वार्ड नम्बर ८ यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बहुमुखी क्याम्पस खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा वार्ड नम्बर ४ ले वार्ड नम्बर १२ लाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । वार्ड नम्बर ४ का लागि सञ्जिव धामी (बी) ले दुई गोल गरे भने सञ्जिव धामी (ए) र धिरज कुमारले १–१ गोल गरे । खेलमा अभिषेक कुमार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर १४ लाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा मोहन खड्का म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत माघ २१ गते शनिबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ८ र वार्ड नम्बर ११ बीच हुने आयोजकले जानकारी दियो ।

दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २३ गतेका दिन हुनेछ ।

Post Comments