News इटहरी दोस्रो सोनापुर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । इटहरी फुटबल क्लब, सुनसरी यहाँ जारी दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा इटहरीले बसाहा–११ फुटबल क्लब, उदयपुरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

दुहबी–८ स्थित सोनापुर प्लाटिङ्ग खेलमैदानमा भएको खेलको १४औं मिनटमा राजेश लुङ्गेलीले गरेको एक मात्र गोल इटहरीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो । खेलमा इटहरी कै रमेश राजवंशी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत माघ २३ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोल्डेन स्टार क्लब, सुनसरी र डाँगीहाट युथ क्लब, मोरङ्गबीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।

Post Comments