News पहिलो जितसँगै नेपालको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले आइतबार उत्कृष्ट जित हात पार्दै प्रतियोगितामा आफ्नो सम्भावनालाई कायम राखेको छ ।

आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशससँग ३–१ ले पराजित हुन पुगेको नेपालले आइतबार भुटानलाई ४–० को फराकिलो अन्तरले हरायो । नेपालको जितमा अमिषा कार्कीको ह्याट्रिक रह्यो ।

खेलको १९औं मिनटमा र पहिलो हाफको अतिरिक्त समयमा अमिषाले लगातार दुई गोल गरिन् । ६१औं मिनटमा कप्तान प्रिती राईले त्यो अग्रता तेब्बर पार्दा त्यसको एक मिनट लगतै अमिषाले टोलीका लागि चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरीन् ।

नेपालले लिग चरणको आफ्नो अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । यो जितसँगै ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । अंकविहीन भुटान भने पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ ।

भुटानले मंगलबार नै हुने अर्को खेलमा बंगलादेशको सामना गर्नेछ । लिग चरणको खेल पश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आउँदो बिहीबार हुनेछ ।

Post Comments