News माउण्ट स्टारसँग आयोजक नवयुवा स्तब्ध
गोलनेपाल

ठुटिपिपल । आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई हराउँदै माउण्ट स्टार युवा क्लब, बुटवल जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ माउण्ट स्टारले नवयुवामाथि ३–१ को जित निकाल्यो । खेलमा माउण्ट स्टारका शिव बोटे म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ २७ गते शुक्रबारको खेल विपी स्मृति भैरव स्पोर्टस क्लब, नवलपरासी र न्यु युथ क्लब, पाल्पाबीच हुने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments