News पाँचौं दुहबी मेयर कप फागुन १ देखि (खेलतालिकासहित)
गोलनेपाल

दुहबी । दुहबी नगरपालिका, सुनसरीको आयोजनामा आउँदो फागुन १ गतेदेखि पाँचौं दुहबी मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । दुहबी–५ स्थित श्री सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर १ र ११ आमने सामने हुनेछन् । साथै प्रतियोगिताको उद्घाटनदुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले गर्ने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दियो । दुहबी नगरपालिकाका कुल १२ वार्ड टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने फागुन १२ गतेका दिन हुनेछ ।

इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments