काठमाडौं । जारी १३औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा नाम्चे युवा क्लब विजयी भएको छ । सोमबार सानो गौचरण मैदानमा भएको पहिलो खेलमा नाम्चेले आयोजक खुम्जुङ युवा क्लबलाई १–० ले हरायो । छिरीङ खेलको म्यान अफ द म्याच भए ।
यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मन्चले खुन्दे कम्युनिटी क्लबलाई पराजित गरेको छ । खेलको सुरुवाती समयदेखि महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मञ्च हाबी भयो । ४-१ गोलअन्तरको फराकिलो जित हासिल गरेसँगै महेन्द्र क्लबले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । खेलको म्यान अफ द म्याच नवाङ टासी शेर्पा चुनिए ।
खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा संचालन भईरहेको प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै