News आई लिगमा पञ्जाबको जित, किरन बने 'हिरो अफ द म्याच'
गोलनेपाल

काठमाडौं । चर्चित हिरो आई लिगमा राउण्डग्लास पञ्जाब एफसीका लागि खेलिरहेका नेपालका चर्चित गोलरक्षक किरन चेम्जोङको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । आई लिगतर्फ सोमबार पञ्जाबले ऐजवाल एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदा किरनको प्रदर्शन पनि प्रशंसनीय रह्यो ।

राजीव गान्धी स्टेडियममा भएको खेलमा पञ्जाबका लागि ५३औं मिनटमा भुटानी स्टार चेञ्चो ग्याल्जेनले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका किरन चेम्जोङ हिरो अफ द म्याच चुनिए ।

यो जितपछि १७ खेलबाट ३७ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । समान अंक भए तापनि गोलभिन्नताका आधारमा श्रीनिदी डेक्कन शिर्ष स्थानमा छ । उता पञ्जाबसँग पराजित ऐजवाल भने एक खेल कम खेल्दै २३ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल सोमबार नेरोकासँग खेल्नेछ ।

Post Comments