News अन्जनको टोली केन्क्रेको सम्भावना थप कठिन बन्दै
गोलनेपाल

काठमाडौं । भारतीय हिरो आई लिगमा खेलिरहेका नेपालका अर्का चर्चित फरवार्ड अन्जन बिष्टको टोली केन्क्रे एफसीको खराब लय र संघर्ष जारी रहेको छ । सोमबार महत्वपूर्ण मानिएको खेलमा केन्क्रेले पुछारमा संघर्ष गरिरहेको अर्को टोली सुदेवा दिल्लीसँग ३–१ ले पराजित हुन पुग्यो ।

लिगतालिकामा १७ खेलबाट १४ अंक मात्र जोडेको केन्क्रे ११औं स्थानमा छ । त्यस्तै जित हात पारेको सुदेवा दिल्ली भने १६ खेलबाट ९ अंकका साथ पुछार मै छ । केन्क्रेले आफ्नो आगामी खेल शनिबार राजस्थानसँग खेल्ने कार्यक्रम छ ।

भर्खरै केन्क्रेमा आवद्ध अन्जन टोलीमा निरन्तर पहिलो रोजाईमा रहेर खेलि रहे तापनि उनको टोलीको संघर्ष भने जारी छ । केन्क्रे हाल रेलिगेशनको संघारमा पनि छ ।

Post Comments