News पाँचौं दुहबी मेयर कप शुरु, वार्ड नम्बर ११ को विजयी शुरुवात
गोलनेपाल

दुहबी । सोमबारदेखि शुरु पाँचौं दुहबी मेयर कप वार्डस्तरीय फुटबल प्रतियोगितामा वार्ड नम्बर ११ ले विजयी शुरुवात गरेको छ । दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वार्ड नम्बर ११ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हरायो ।

वार्ड नम्बर ११ का लागि खेलको १८औं मिनटमा सुजन कुमार सरदारले गरेको एक मात्र गोल निर्णायक बन्यो । सरदार नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे ।

यो जितसँगै वार्ड नम्बर ११ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन २ गते मंगलबारको खेल वार्ड नम्बर ९ र १२ बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगरप्रमुख वेदनारायण गच्छदारले गरेका थिए ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबी, सुनसरीको संयोजन र व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,२२२ रुपैयाँ प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन १२ गतेका दिन हुनेछ ।

 

Post Comments