News नेपाल र भारतको भिडन्त आज
गोलनेपाल

काठमाडौं । कतारमा भईरहेको आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तरगत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।

दोहा स्थित अल अरबी रंगशालामा हुने खेल आज स्थानीय समयअनुसार बेलुका ८ बजेदेखि शुरु हुनेछ । स्मरण रहोस, समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा गत १६ जनवरीका दिन बंगलादेशलाई हराएको थियो ।

समूह ए मा नेपालसँगै, बंगलादेश, भारत, दक्षिण कोरिया, फिलिपिन्स र इण्डोनेसिया रहेका छन् । त्यस्तै समूह बी मा जापान, प्यालेस्टाइन, लेबनन, श्रीलंका, मलेसिया र जोर्डन रहेका छन् ।

 

Post Comments